असिनापानीले स्याउ खेतीमा क्षति « Khabarhub

असिनापानीले स्याउ खेतीमा क्षति


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । 

सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्राशनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए। उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । 

यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए । एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् । स्याउका बोट रित्तिएका छन् । 

असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले  बताएका छन् ।  मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४८ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक