असिनापानीले स्याउ खेतीमा क्षति | Khabarhub Khabarhub

असिनापानीले स्याउ खेतीमा क्षति


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । 

सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्राशनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए। उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । 

यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए । एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् । स्याउका बोट रित्तिएका छन् । 

असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले  बताएका छन् ।  मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४८ बजे

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन