भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने « Khabarhub

भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले जम्मु कश्मीरको बुडगाम जिल्लाका युवाहरूलाई आत्मनिर्भरताका लागि ऋण उपलब्ध गराउने भएको छ ।

जिल्लाका उप आयुक्त शहबाज अहमद मिर्जाले जिल्लाका २० हजार युवाहरुलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउने बताएका हुन् ।

उनले ऋण लिन चाहने युवाहरुलाई आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरे । उनले गत वर्ष १६ हजार भन्दा धेरै युवाहरुलाई ऋण उपलब्ध गराएको समेत जानकारी दिए ।

उप आयुक्त मिर्जालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो वर्ष २० हजार युवाहरुलाई ऋण उपलब्ध गराउने लक्ष्य रहेको छ ।

युवाहरु आत्मनिर्भर र स्वरोजगार भएको खण्डमा उनीहरुले जिल्लाका अरु युवाहरुलाई पनि रोजगारी दिने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ३२ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक