भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने | Khabarhub Khabarhub

भारतले जम्मु कश्मीरका २० हजार युवाहरूलाई ऋण दिने


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले जम्मु कश्मीरको बुडगाम जिल्लाका युवाहरूलाई आत्मनिर्भरताका लागि ऋण उपलब्ध गराउने भएको छ ।

जिल्लाका उप आयुक्त शहबाज अहमद मिर्जाले जिल्लाका २० हजार युवाहरुलाई स्वरोजगार बनाउन ऋण उपलब्ध गराउने बताएका हुन् ।

उनले ऋण लिन चाहने युवाहरुलाई आफ्नो नाम दर्ता गराउन समेत आग्रह गरे । उनले गत वर्ष १६ हजार भन्दा धेरै युवाहरुलाई ऋण उपलब्ध गराएको समेत जानकारी दिए ।

उप आयुक्त मिर्जालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो वर्ष २० हजार युवाहरुलाई ऋण उपलब्ध गराउने लक्ष्य रहेको छ ।

युवाहरु आत्मनिर्भर र स्वरोजगार भएको खण्डमा उनीहरुले जिल्लाका अरु युवाहरुलाई पनि रोजगारी दिने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ३२ बजे

जनताको आशा अनुसार सरकार चल्न सकेन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार

हङकङविरुद्धको सिरिजमा नेपाली यू-१९ टोलीको क्लिनस्विप

काठमाडौं- हङकङको यू-१९ टोलीलाई हराउँदै घरेलु टोली यू-१९ टोलीले तीन

थाइल्याण्डबाट फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवम्‌ अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किएका

मेडिकल कलेज परिसरको रुखमा कुकर बम, सेनाद्वारा निष्क्रिय

भैरहवा- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर

नेपालमा पूर्वाधार बनाउन एडीबीले थप एक खर्ब पाँच अर्ब रुपैयाँ सहयोग दिने

काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले नेपालमा विभिन्न पूर्वाधार परियोजना