गाउँघरमा बढ्यो निर्वाचनको चहलपहल « Khabarhub

गाउँघरमा बढ्यो निर्वाचनको चहलपहल


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् । 

स्थानीय व्यापारीका अनुसार निर्वाचनको उम्मेदवार चयन भएपछि झनै व्यापार व्यवसायमा वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसाय उत्साहित देखिएका छन् । स्थानीय व्यापारी रमेश तामाङले भने, “निर्वाचनको घोषणा भएपछि मानिसको चहलपहल बढेको छ । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । जनता तथा नेताहरूले निर्वाचनलाई उत्सवको रूपमा लिएका छन् ।”

 विभिन्न ठाउँमा चुनाव केन्द्रित गतिविधि बढेपछि बजार मूल्यसमेत वृद्धि भएको छ । विशेष गरेर सहरी क्षेत्रका चोकमा मानिसको बाक्लो उपस्थित देखिएको छ । निर्वाचनका कारण बजारमा तरकारी, मासु तथा खाद्य बस्तुको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । भोजपुर बोखिमका स्थानीय किसान धनबहादुर थापाले भने, “निर्वाचनका कारण हामी जस्ता किसानलाई समेत बेचबिखन गर्न सजिलो भएको छ । विगतमा भन्दा बजारमा तरकारीको माग बढी छ ।”

त्यस्तै छापाखाना, प्रेसलगायत क्षेत्रमासमेत निर्वाचनले प्रभाव पारेको छ । उम्मेदवार निर्वाचनको प्रचार सामग्री बनाउन आउने भएकोले छापाखाना सञ्चालन खुसी देखिएका छन् । त्यस्तै सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमा समेत निर्वाचनको प्रभाव देखिएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ५९ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम