गाउँघरमा बढ्यो निर्वाचनको चहलपहल « Khabarhub

गाउँघरमा बढ्यो निर्वाचनको चहलपहल


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन् । 

स्थानीय व्यापारीका अनुसार निर्वाचनको उम्मेदवार चयन भएपछि झनै व्यापार व्यवसायमा वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसाय उत्साहित देखिएका छन् । स्थानीय व्यापारी रमेश तामाङले भने, “निर्वाचनको घोषणा भएपछि मानिसको चहलपहल बढेको छ । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । जनता तथा नेताहरूले निर्वाचनलाई उत्सवको रूपमा लिएका छन् ।”

 विभिन्न ठाउँमा चुनाव केन्द्रित गतिविधि बढेपछि बजार मूल्यसमेत वृद्धि भएको छ । विशेष गरेर सहरी क्षेत्रका चोकमा मानिसको बाक्लो उपस्थित देखिएको छ । निर्वाचनका कारण बजारमा तरकारी, मासु तथा खाद्य बस्तुको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । भोजपुर बोखिमका स्थानीय किसान धनबहादुर थापाले भने, “निर्वाचनका कारण हामी जस्ता किसानलाई समेत बेचबिखन गर्न सजिलो भएको छ । विगतमा भन्दा बजारमा तरकारीको माग बढी छ ।”

त्यस्तै छापाखाना, प्रेसलगायत क्षेत्रमासमेत निर्वाचनले प्रभाव पारेको छ । उम्मेदवार निर्वाचनको प्रचार सामग्री बनाउन आउने भएकोले छापाखाना सञ्चालन खुसी देखिएका छन् । त्यस्तै सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमा समेत निर्वाचनको प्रभाव देखिएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ५९ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।