कांग्रेसका बागी उम्मेदवारमाथि कारबाही  « Khabarhub

कांग्रेसका बागी उम्मेदवारमाथि कारबाही 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस ऐसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङ साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएका छन् । 

कांग्रेससहितको गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत कायम नरहनेगरी निष्कासन गरिएको कांग्रेस खोटाङले जनाएको छ । 

गत १२ वैशाखमा मनोनयन गर्नेक्रममा गठबन्धनबाट तोकिएको आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराएका तामाङलाई पार्टीका तर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिइएकाले कारबाही गरिएको कांग्रेस खोटाङको अनुशासन विभागका संयोजक एवं जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसको उम्मेदवार राजदेश राई विरुद्ध बागी उठेका उम्मेदवारलाई समेत कारबाही गर्ने जनाइएको छ । 

ऐसेलुखर्क गाउँपालिकामा गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारीलाई उम्मेदवार बनाएको अवस्थामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

गठबन्धन दलले बागी उम्मेदवार दिने नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अन्यथा कारबाही गर्ने चेतावनी दिए पनि तामाङले ‘ब्याक’ हुन अस्वीकार गरेका हुन् । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : १३ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा