आज २०७९ साल जेठ १८ गते बुधबारको राशिफल « Khabarhub

आज २०७९ साल जेठ १८ गते बुधबारको राशिफल


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ १८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : सम्पत्ति संरक्षणमा जुट्नुहोला। आफन्तको सहयोग मिल्नेछ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। आज गरेको श्रम लगानीबाट सकारात्मक प्रभाव पर्नेछ। पठनपाठनमा आलश्य बढ्नेछ। पारिवारिक सम्बन्धमा धोका हुनेछ।

वृष : आफ्नो बोली सम्हाल्नुहोला नत्र साथीभाइ टाढा हुनेछन्। पारिवारिक, सामाजिक, आर्थिक क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा भने धेरै राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ। कर्म क्षेत्रमा भने सफलताको लागि संघर्ष गर्नुपर्नेछ।

मिथुन : खर्च बढ्नेछ। वैदेशिक, सामाजिक, राजनीति क्षेत्र यथास्थ्तिीमा रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा मिल्नेछ।

कर्कट : ठूला योजना नबनाएको राम्रो। माता पिता हुनुहुन्छ भने बिहानै आशिर्वाद लिनुहोला। मिठो बोली प्रयोग गर्नुहोला। दक्षिणतिरको यात्रा नगर्नुहोला। अरु दैनिकी यथास्थिती रहनेछन्।

सिंह : दिन धेरै राम्रो छ। काममा सफलता मिल्नेछ। ठूला योजना बनाउन सक्नुहुनेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। भूमी सम्बन्धी कारोबारमा सफलता मिल्नेछ। प्रेममा भने धोका पाउने सम्भावना छ।

तुला : परिवारबाट राम्रो सल्लाह पाइनेछ। राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थितीमा छ। शैक्षिक क्षेत्रमा भने धेरै राम्रो छ। अध्ययन अध्यापनमा ठूलो प्रगति हुनेछ। परिवारमा भने सन्तोष रहेको छ।

वृश्चिक : काममा अवरोध हुनेछ। मानसम्मान र प्रशंसाबाट बन्चित हुने योग रहेको छ। वैदेशिक क्षेत्रमा भने राम्रो फल पाइएला। आज गरेको श्रम लगानीमा उत्साहजनक फल पाइनेछ। आफन्तबाटै सचेत हुनेपर्नेछ।

धनु : आफ्ना प्रभावले गर्दा प्रतिस्पर्धी निस्तेज हुनेछन्। ग्रहले राम्रो साथ दिएको छ, केही फरक योजना बनाउनुभयो भने सफलता मिल्नेछ। राजनीतिमा आफ्नो तर्कले सार्थकता पाउनेछ।

मकर : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। राजनीति र सामाजिक क्षेत्रमा संगठन संगठन बलियो छ। प्रेममा धोका मिल्नेछ।

कुम्भ : काममा सफलता मिल्नेछ। प्रेममा नयाँ सम्बन्ध बन्नेछ। खर्च बढ्नेछ।

मीन : आम्दानीको पाटो राम्रो छ। राजनीति, सामाजिक क्षेत्रमा यथावत रहे पनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट निकै राम्रो नतिजा आउनेछ। प्रेममा सफलता मिल्नेछ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : २७ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको