कुटपिट मुद्दामा फरार आरोपित पक्राउ « Khabarhub

कुटपिट मुद्दामा फरार आरोपित पक्राउ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- कुटपिट मुद्दामा फरार रहेका एक जना प्रतिवादी बुधबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-१ का ४२ वर्षीय लालदेव यादव रहेका छन् । सोही ठाउँका दीपेन्द्र यादवले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते तथा तत्कालीन पुनरावेदन अदालत राजविराजले २०६४ साल असार ४ गते प्रतिवादी लालदेव यादवलाई ३ महिना कैद र ७ सय २५ रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो ।

फैसला सुनाएपछि उनी लुकीछिपी बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमा दाखिला गराउँदा उनलाई कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : ५५ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको