तोकिएको समयमा प्रतिवेदन पेश गर्न बीमा समितिको निर्देशन « Khabarhub

तोकिएको समयमा प्रतिवेदन पेश गर्न बीमा समितिको निर्देशन


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समितिको कार्यालय ललितपुरको कुपण्डोलमा आयोजित कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र सम्पत्ति शुद्धीकरण एवम् आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा समितिमा पेश गर्न निर्देशन दिए ।

निर्देशक लालले परिपालन अधिकृतहरूले कम्पनीमा बीमा ऐन, नियम र समितिबाट जारी निर्देशिका, निर्देशन एवम् परिपत्र अनुरूप काम भएको छ/छैन र समस्याहरू के के छन् भन्नेबारे तथ्यपरक ढङ्गले उल्लेख गरी समस्या समाधानको कार्ययोजना सहित परिपालन प्रतिवेदन पेश गर्नुपर्ने बताए ।

निर्देशक लालले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमलाई ध्यानमा राखेर पर्याप्त काम भएको नपाइएकाले त्यस्तो जोखिमलाई समेत विशेष ध्यान दिई प्रतिवेदन तयार गरेर सम्बद्ध निकायमा समेत जानकारी दिन समेत निर्देशन दिए ।

उनले यो निकै संवेदनशील विषय भएकाले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

कार्यक्रममा बीमा समितिका नियमन शाखा प्रमुख एवम् उपनिर्देशक कुन्दन सापकोटाले परिपालन प्रतिवेदन सम्बन्धी जानकारी दिँदै परिपालन प्रतिवेदनमा कम्पनीका काम कारवाहीका साथै कमी कमजोरी समेत प्रष्टसँग उल्लेख गर्न र संचालक समितिबाट स्वीकृत गरेर मात्र समितिमा पेश गर्न आग्रह गरे ।

यसैगरी, समितिका उपनिर्देशक (कानून) हृदयश्वर पण्डितले सम्पत्ति शुद्धीकरण एवम् आतंकवादी गतिविधिमा वित्तीय लगानीबारे चर्चा गर्दै बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणको जोखिमका आधारमा जोखिम विश्लेषण गर्न र शंकास्पद कारोबार पहिचान गरी सम्बद्ध निकायमा समेत जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक (कानून) शाम्भुराज लामिछाने र सहायक निर्देशकहरू प्रदिप गौतम तथा गीता नेपाल आचार्य र निर्जीवन बीमा  कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूका साथै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : १५ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।