जनआस्था विनाको न्यायपालिका सफल हुँदैन : कायममुकायम प्रधानन्यायाधीश कार्की  « Khabarhub

जनआस्था विनाको न्यायपालिका सफल हुँदैन : कायममुकायम प्रधानन्यायाधीश कार्की 


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जनताको आस्था मरेको न्यायपालिका असफल हुने बताएका छन् ।

जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाको दुई वटा भवनको उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् । न्यायपालिका जनताको आस्थाको धरोहर भएको उनको भनाइ थियो । ‘देशमा संविधान पनि छ । कानुन पनि छ । केही न्यायपालिका परिवर्तनसमेत भएको छ,’ उनले भने, ‘नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले सुरु गरेको छ ।’

कार्कीले मुद्दाको दर्तादेखि फैसलासम्म मात्रै नभई त्यसबाट आउने सकारात्मक प्रतिफलबाट नागरिकले न्याय पाउनेमा जोड दिए । उनले सर्वोच्च अदालतमा अहिले धेरै मुद्दा हुने भएकाले गोला प्रथाबाट मुद्दा हेर्न सुरु गरिएको बताए । ‘अब स्वचालित मेसिनबाट मुद्दा हेर्न सुरु भएको छ । छिटो छरितो, निष्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन हामी प्रतिबद्ध छौं,’ उनले भने ।

त्यस्तै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले सजिलो बनाउन मुद्दाको वर्गीकरण गरेको बताए । सुर्खेत जुम्ला उच्च अदालत इजलास सुर्खेतका प्रमुख न्यायाधीश शेषराज शिवाकोटीले अब संरचना बन्दैमा सबै थोक नपुग्ने बताए । उनले भौतिक संरचनासँगै दक्षजनशक्ति पनि आवश्यक रहेको  बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : २८ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)