जनआस्था विनाको न्यायपालिका सफल हुँदैन : कायममुकायम प्रधानन्यायाधीश कार्की  | Khabarhub Khabarhub

जनआस्था विनाको न्यायपालिका सफल हुँदैन : कायममुकायम प्रधानन्यायाधीश कार्की 


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जनताको आस्था मरेको न्यायपालिका असफल हुने बताएका छन् ।

जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाको दुई वटा भवनको उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् । न्यायपालिका जनताको आस्थाको धरोहर भएको उनको भनाइ थियो । ‘देशमा संविधान पनि छ । कानुन पनि छ । केही न्यायपालिका परिवर्तनसमेत भएको छ,’ उनले भने, ‘नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले सुरु गरेको छ ।’

कार्कीले मुद्दाको दर्तादेखि फैसलासम्म मात्रै नभई त्यसबाट आउने सकारात्मक प्रतिफलबाट नागरिकले न्याय पाउनेमा जोड दिए । उनले सर्वोच्च अदालतमा अहिले धेरै मुद्दा हुने भएकाले गोला प्रथाबाट मुद्दा हेर्न सुरु गरिएको बताए । ‘अब स्वचालित मेसिनबाट मुद्दा हेर्न सुरु भएको छ । छिटो छरितो, निष्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन हामी प्रतिबद्ध छौं,’ उनले भने ।

त्यस्तै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले सजिलो बनाउन मुद्दाको वर्गीकरण गरेको बताए । सुर्खेत जुम्ला उच्च अदालत इजलास सुर्खेतका प्रमुख न्यायाधीश शेषराज शिवाकोटीले अब संरचना बन्दैमा सबै थोक नपुग्ने बताए । उनले भौतिक संरचनासँगै दक्षजनशक्ति पनि आवश्यक रहेको  बताए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : २८ बजे

फेवातालको जलकुम्भी हटाउने अभियान सरू

कास्की – फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप

राजस्थानविरुद्ध चेन्नई ५ विकेटले विजयी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले

गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु

हुम्ला– गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ।

काठमाडौं उपत्यकामा बन्ने स्मार्ट सिटिको नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लगिने

काठमाडौं– सहरी विकास मन्त्रालयले काठमाडौंमा प्रस्तावित चार स्मार्ट शहर मध्ये

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमडाौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा