एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर « Khabarhub

एन्फा निर्वाचन : उजुरी परेका दश मध्ये चार बदर


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को असार ६ गते हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा मंगलबार परेको दाबी विरोधका विभिन्न दश मध्य चार उजुरी बदर भएका छन् ।

आसन्न निर्वाचन तालिका अनुसार मंगलबार दाबी विरोधको समय सीमा रहेको थियो । बुधबार निर्वाचन समितिले उजुरीमाथि छानबिन गर्दै चार मताधिकार खोसेको समितिले जनाएको छ ।  जसमा महिला समिति, सिराहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध दिएको ८ मध्ये चार उजुरी सही प्रमाणित भएको समितिले ठहर गरेको छ । योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा जान सक्नेछ ।

यस्तो छ दाबी विरोधबाट हटाइएको चार निर्णय

१. महिला फुटबल समितिको वैशाख २६ गतेको बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरिएकोमा किर्ते गरी विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रूपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

२. सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेदवारी स्वत: खारेज हुने हुनुपर्ने ।

३. सिराहा जिल्ला फुटबल संघका महासचिव प्रवीणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने ।

४. सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको एन्फा सामाजिक उत्तरदायित्व समितिको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरूको कार्यकाल चार वर्ष हुन र त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज हुनुपर्ने ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : ३७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा