अध्यक्ष र उपाध्यक्ष गुमाएको रौतामाईको कार्यपालिकामा एमालेको बहुमत « Khabarhub

अध्यक्ष र उपाध्यक्ष गुमाएको रौतामाईको कार्यपालिकामा एमालेको बहुमत


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्‍याएको छ । मंगलबार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचित महिला सदस्य भित्रबाट ४ र बाहिर सिमान्तकृत, अल्पसंख्यक समुदायबाट २ जना गरी ६ जना थप हुने कार्यपालिकामा सबै जना एमालेबाट निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा महिलातर्फ गौरीमाया मगर, ज्ञानकुमारी मगर, देविमाया दाहाल, वर्तहिरा राई, दलितबाट दुर्गबहादुर सार्की र अल्पसंख्यक तर्फ बसन्तकुमार चाम्लिङ्ग राई रहेको निर्वाचन अधिकृत सुवास भट्टराईले जानकारी दिए । गठबन्धन उमेदवारलाई पछि पार्दै एमाले उमेदवार निर्बाचित भएका हुन् ।

रौतामाईमा १६ जनाको कार्यपालिका बोर्ड गठन भएको छ । त्यसमध्ये एमालेका ११ जना, नेपाली काँग्रेसका उपाध्यक्ष सहित ३ जना र नेकपा माओवादी केन्द्रबाट अध्यक्ष सहित २ जना रहेका छन् । पालिका अध्यक्ष र उपाध्यक्ष नजिते पनि निर्णायक भूमिकामा भने एमाले नै देखिएको छ ।

सर्वसहमत नभएका प्रस्ताव माथि छलफल गर्दा बहुमत र अल्पमतको अंकगणितिय खेलमा एमालेको धारणा नै अन्तिम हुने देखिएको छ ।

८ वटा वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४२ जना निर्वाचित जनप्रतिनिधि रहेको रौतामाईमा एमालेले एक्लैले २३ जना र बाँकी गठबन्धनबाट विजयी भएका हुन् ।

एमालेले वडानं १,२,३,५,७ गरी ५ वडा, काँग्रेसले पालिका उपाध्यक्ष सहित वडा नं ४ र ८, माओबादीले पालिका अध्यक्ष सहित वडा नं ६ मा वडाध्यक्ष जीतेका थिए । पालिका अध्यक्षदेखि वडा तहसम्म गठबन्धन गरेका माओबादी र कांग्रेसलाई एमालेले सहजैपछि पार्दै जितेको हो ।

गठबन्धनकै कारण एमालेले वडाको संख्या बढाउन नसकेको एमालेका रौतामाई गाउँपालिका कमिटी अध्यक्ष केशब राईले बताए । उनले भने, ‘२०७४ को निर्वाचनमा पनि हामीले ५ सिट नै जितेका हौं, त्यसमा वडा नं ६ र ८ बाट दुई जना सदस्य थप गर्न सफल भयौं । निर्बाचित वडा फेरवदल भए पनि संख्यात्मक हिसाबले एमाले पुरानै अवस्थामा रहेको उनले बताए ।

यता गठबन्धन गरेका माओवादीले भने अघिल्लो दुई सिटलाई खुम्च्याएर एकमा सिमित भएको हो । काँग्रेसले भने अघिल्लो आकारमा एक वडा थप गरेको छ ।

अघिल्लो पटक एमालेका उमेदवार गजेन्द्रबहादुर खड्कासँग पराजित भएका हालका अध्यक्ष बिरेन्द्रकुमार मगर यस पटक भने गठबन्धन गरेर भए पनि बाजी मार्न सफल भए ।

अघिल्लो निर्वाचनमा नै अध्यक्षमा तेश्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेदवार भुपेन्द्रबहादुर थापा भने यस पटक गठबन्धनबाट उपाध्यक्षमा जीत निकाल्न सफल भए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १० : ३३ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा