दलहरुको विश्वास जित्न बालेनको सक्रियता ? « Khabarhub

दलहरुको विश्वास जित्न बालेनको सक्रियता ?


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्बिर बाहिरियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह अन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उनले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो । प्राय भेटवार्ता हुँदा यसबारे जारीकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो ।

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता र कार्यकर्ताले बालेनको बालकोट यात्रालाई ‘शुभ संकेत’ को रुपमा अर्थ लगाउँदै बाधई एवं शुभकामना दिए ।

स्थापितलाई बलियो र बालेनलाई तेस्रो स्थानमा राखेका कतिपय एमाले नेता कार्यकर्ता उनको धमाकेदार जितबाट महानगरमा पार्टीको अवस्थालाई लिएर निराश बनिरहेको बेला ओलीसँग बालेनको भेटको फोटो सार्वजनिक हुँदा खुसी मनाएका थिए ।

उनै बालेन आज नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे ।

काठमाडौं महानगरको कार्यपालिकामा बहुमत रहेको दलका सभापतिसँग बालेनले काम गर्न सहयोगको मागे । देउवाले पनि पूर्ण रुपमा सहयोग हुने वचन दिए । यसले बालेनका समर्थकलाई केही राहत मिलेको छ । महानगरको प्रत्यक्ष प्रशारण भएको पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट विजयी वडा अध्यक्षले ‘बबाल’ गरेको र बालेनको काममा भाँजो हाल्न सक्ने उनका समर्थकको आक्रोशका बीच देउवाले राम्रो काममा सहयोग हुने वचन दिए ।

बालेनले कुनै दल विशेषलाई नभएर स्वतन्त्र रुपमा विजयी भएका कारण सवैको हुन खोजेको र सवैलाई साथमा लिएर जान खोजेको सन्देश यी भेटवार्ताबाट दिन खोजेका छन् ।

महानगरमा दिग्गज राजनीतिज्ञ र विश्लेषकलाई चक्मा दिँदै जित निकालेका उनले कच्चा राजनीतिक व्यवहान नगर्ने संकेत पछिल्ला ‘मुभ’ले देखाएको छ । नेतासँग भेट गर्ने र सहयोगको वचन लिने क्रम अझै चल्ने देखिन्छ ।

स्वतन्त्र रुपमा चुनाव जितेका उनले महानगरको नेतृत्वमा सहजसँग रहन र विकासका लागि दलहरुलाई समेत विश्वास लिन खोजिरहेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १० : २३ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा