विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु | Khabarhub Khabarhub

विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का घटनामा १८२ पुरुष, १०८ महिला र १४३ बालबालिकाको ज्यान गएको हो । सो अवधिमा भएका विपद्का घटनामा परेर २१० महिला, १३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए । यस्तै एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

सो अवधिमा मधेसका जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ भने सात हजार ९४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार ८७८ चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिए । यस क्रममा रु २० करोड २७ लाख राजश्व सङ्कलन भएको छ ।

सो अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पक्राउ परेका थिए । उनीहरुबाट १५ थान हतियार बरामद् भएको प्रवक्ता कार्कीले बताए । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार ३६७ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय लागुऔषध कारोबारीलाई निरुत्साहित गर्न प्रहरीले सो अवधिमा मधेसका विभिन्न जिल्लाबाट गाजा तीन हजार १३१ किलो, ब्राउन सुगर १६४ ग्राम, चरेश ५१ किलो, हिरोइन ९५ ग्राम र डाइलेक्सी डिसी २१३ लिटर लागुऔषधसहित एक हजार १२० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ ।

सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट रु ४० करोड १४ लाख २६ हजार बराबरको अवैध समानसहित १९५ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए । नदीजन्य पदार्थ उत्खनन् गर्न प्रयोग गरिएका २७३ सवारीसाधनसहित ५६ जना र अवैध काठ तस्करीमा प्रयोग गरिएका ३६ सवारीसाधनसहित ३१ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : ४८ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई