पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध « Khabarhub

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।

बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ । नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतिको काम भइरहेको छ ।

मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रु बिहानैदेखि बाटोमै थन्किएका छन् । ठूलो चट्टान खसेकाले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : १२ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका