पोखरा महानगरको बजेटमा सडकलाई प्राथमिकता  « Khabarhub

पोखरा महानगरको बजेटमा सडकलाई प्राथमिकता 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् ।

पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई सहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ। नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ ।

‘समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोच पूरा गर्न पर्यटन, पूर्वाधारको निर्माण गर्न, सहर र गाउँ जोड्ने कनेक्टिङ सडक सम्पन्न गर्न र सहरी सडकको मर्मतलाई प्राथमिकता दिइएको छ,’ नयाँ बजेटमा भनिएको छ, ‘चालू वर्षमा सुरु भएका विभिन्न सडकलाई पूरा गर्ने गरी बजेट छुट्याइएको छ ।’

चालू वर्षमा सुरु भएका १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक र १५ वटा ग्रामीण सडकलाई क्रमागत योजनाका रूपमा काम गर्न ५५ करोड विनियोजन गरिएको छ।

यस्तै, सहरी क्षेत्रको खाल्डा पुर्ने कामका लागि १५ करोड छुट्याइएको छ भने तालचोकदेखि बेगनास खण्डको स्तरोन्नति पूरा गर्ने महानगरका मेयर धनराज आचार्यले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ३७ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका