एफसीसँग एनआरटीको फराकिलो हार « Khabarhub

एफसीसँग एनआरटीको फराकिलो हार


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टुवाङ याङ टेरुत (टिवाइटी) प्रतियोगिताको लागि मलेसियामा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन टिम न्युरोड टिम (एनआरटी) ले पहिलो खेलमा इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग ५-१ को फराकिलो हार बेहोरेको छ ।

बिहीबार मलेसियाको पेनाङमा भएको खेलमा दोस्रो डिभिजनको कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले दुई गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान एक गोल गरे ।

पहिलो हाफमै चार गोल बेहोरेको एनआरटीले दोस्रो हाफमा थप एक गोल खाँदा एक गोल फर्काएका थियो । एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले एक गोल फर्काएका थिए ।

एनआरटीले अब २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। एनआरटी ‘ए’ डिभिजन लिगको तयारीका लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ५० बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती