पोखरा स्पोर्टस अवार्डमा को-को खेलाडी छानिए ? « Khabarhub

पोखरा स्पोर्टस अवार्डमा को-को खेलाडी छानिए ?


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा छैटौं संस्करणको पोखरा स्पोर्टस अवार्ड सुरु हँदैछ । अवार्डका लागि सबै तयारी सकिएको मञ्चले जनाएको छ । अवार्डको ट्रफी एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरिने गर्दैछ । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान हुने अध्यक्ष दिननाथ बरालले बताए ।

यो वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गर्न लागिएको छ । अन्य विधाका खेलाडीहरुको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का छनोटमा परेका छन् । उनीहरूमध्ये एकजनाले पुरस्कार पाउनेछन् । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिष उपाध्याय र करातेका सरगम कुमाल मनोनयनमा परे ।

उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोका रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा परेका छनोट समितिले जनाएको छ ।

वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्रान्डका टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पाउनेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजारका दरले सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने अध्यक्ष बरालले बताए । मञ्चले २०७२ सालदेखि अवार्ड आयोजना गर्दै आएको हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १२ : ३६ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती