पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ  « Khabarhub

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अभियुक्तले आफ्नै घरमा खेलिरहेकी नाबालिकालाई दिउँसो ३ बजे ललाइफकाइ बाख्रा खोरमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी आमाले देखेपछि आरोपित फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा राति २ बजे नियन्त्रणमा लिएको हो । 

अभियुक्तविरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर निगरानी कक्षमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ३८ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका