बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट « Khabarhub

बजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रूपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, पत्रकारलगायत संयुक्त टोलीले आज बजार अनुगमन गरेको हो ।

भक्तपुरको कमल विनायकदेखि सल्लाघारीसम्मका विभिन्न पसलमा भएको अनुगमनमा अनियमितता गर्नेलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। बजार अनुगमनका क्रममा कमल विनायकको सूर्य हार्डवेयरलाई रु पाँच हजार जरिवाना लगाइएको छ । हार्डवेयरले नापतौल पूरा नभएको, ट्याग र लेबलिङ विनाको डण्डी बिक्री गरेको, तौलको राम्रो व्यवस्थापन नगरेको पाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए।

कमल विनायककै महालक्ष्मी कोल्ड स्टोरलाई रु तीन हजार जरिवाना लगाउँदै तीन दिनभित्र प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । स्टोरमा खसी, कुखुराको मासु एउटै फ्रिजमा हालेर राखेको, सडेको मासुसँगै ताजा मासु राखिएको, चार वर्षदेखि पसल नवीकरण नगरिएको, दर्ता ढक तराजु नवीकरण नगरेको, नापतौल स्पष्ट नभएको पाइएको छ ।

कमल विनायककै आरभ स्टोर, केएम मार्टमा लेबलिङ नगरिएको सामान प्याक गरी बिक्री गरिएको, म्याद गुज्रेका सामान फ्रिजमा राखिएको पाइएकाले तत्काल सुधार्न निर्देशन दिँदै म्याद गुज्रेको सामान नष्ट गरिएको छ । कमल विनायकको चाँगुनारायण आयल स्टोर, सल्लाघारीको शान्ति आयल स्टोरमा अनुगमन गरी पेट्रोलियम पदार्थको गुणस्तरलगायत अनुगमन निरीक्षण गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ५५ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने