समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ « Khabarhub

समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका  छन् । कोटेश्वरस्थित काञ्जिरोवा राष्ट्रिय माविको २५औँ वार्षिकोत्सव कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले शैक्षिक गुणस्तरलाई सुधार गर्दै दक्ष र योग्य जनशक्ति उत्पादन गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिए समृद्धिको आधार तयार हुने जनाएका हुन् ।

शिक्षासेवीसमेत रहनुभएका श्रेष्ठले नेपालमै उत्कृष्ट शिक्षा सम्भव छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन काञ्जिरोवा स्कुल पनि एक उदाहरण भएको चर्चा गरेका हुन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा निजी क्षेत्रले दिएको योगदानको उल्लेखनीय भएको र भविष्यका पुस्तालाई सक्षम बनाउने माध्यम नै शिक्षा क्षेत्र भएको उल्लेख गरेका हुन् ।

कार्यक्रममा विद्यालयमा लामो समय योगदान दिने शिक्षक कर्मचारी र उत्कृष्ट विद्यार्थी तथा कक्षा १० र १२ को एसइई परीक्षाका गत वर्षमा सफल भएका विद्यार्थीलाई विद्यालयका अध्यक्ष अम्बिकाप्रसाद पौडेलबाट सम्मान गरिएको थियो । विद्यालयका कार्यकारी निर्देशक महेन्द्र खनालले विद्यालयले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन सूचना प्रविधि र आविष्कारका क्षेत्रमा कार्यरत संस्थासँगसमेत सहकार्य गरिएको बताए ।

विद्यालयका प्रिन्सिपल रञ्जित थापाले २१औँ शताब्दी अनुकूल सीप र विकासमा केन्द्रित ज्ञान हासिल गराई अनुशासित नागरिक उत्पादनको लक्ष्य लिइएको जनाए । विसं २०५५ मा काठमाडौँ डोनबस्को माविका नामबाट सो विद्यालय सञ्चालित भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : २७ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने