समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ « Khabarhub

समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ : राज्यमन्त्री श्रेष्ठ


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका  छन् । कोटेश्वरस्थित काञ्जिरोवा राष्ट्रिय माविको २५औँ वार्षिकोत्सव कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले शैक्षिक गुणस्तरलाई सुधार गर्दै दक्ष र योग्य जनशक्ति उत्पादन गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिए समृद्धिको आधार तयार हुने जनाएका हुन् ।

शिक्षासेवीसमेत रहनुभएका श्रेष्ठले नेपालमै उत्कृष्ट शिक्षा सम्भव छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन काञ्जिरोवा स्कुल पनि एक उदाहरण भएको चर्चा गरेका हुन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा निजी क्षेत्रले दिएको योगदानको उल्लेखनीय भएको र भविष्यका पुस्तालाई सक्षम बनाउने माध्यम नै शिक्षा क्षेत्र भएको उल्लेख गरेका हुन् ।

कार्यक्रममा विद्यालयमा लामो समय योगदान दिने शिक्षक कर्मचारी र उत्कृष्ट विद्यार्थी तथा कक्षा १० र १२ को एसइई परीक्षाका गत वर्षमा सफल भएका विद्यार्थीलाई विद्यालयका अध्यक्ष अम्बिकाप्रसाद पौडेलबाट सम्मान गरिएको थियो । विद्यालयका कार्यकारी निर्देशक महेन्द्र खनालले विद्यालयले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन सूचना प्रविधि र आविष्कारका क्षेत्रमा कार्यरत संस्थासँगसमेत सहकार्य गरिएको बताए ।

विद्यालयका प्रिन्सिपल रञ्जित थापाले २१औँ शताब्दी अनुकूल सीप र विकासमा केन्द्रित ज्ञान हासिल गराई अनुशासित नागरिक उत्पादनको लक्ष्य लिइएको जनाए । विसं २०५५ मा काठमाडौँ डोनबस्को माविका नामबाट सो विद्यालय सञ्चालित भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : २७ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर