कोशी कटानको रोकथाममा जुट्न गृहमन्त्री खाँणको निर्देशन « Khabarhub

कोशी कटानको रोकथाममा जुट्न गृहमन्त्री खाँणको निर्देशन


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिँचाइ सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायबमहानिरीक्षक कमल गिरीलगायतलाई टेलिफोन गरी तत्काल कटान रोकथाममा जुट्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सो निर्देशनलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोसीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुङ्गा भर्ने र बालुवा बोरामा भरेर कटान रोक्ने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । बहाव ठूलो भएकाले समस्या भइरहेको जनाइएको छ । यो क्षेत्रमा गत वर्ष पनि कोसी नदीले कटान गरेको थियो । रासस

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ३१ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा