कोशी कटानको रोकथाममा जुट्न गृहमन्त्री खाँणको निर्देशन « Khabarhub

कोशी कटानको रोकथाममा जुट्न गृहमन्त्री खाँणको निर्देशन


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिँचाइ सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायबमहानिरीक्षक कमल गिरीलगायतलाई टेलिफोन गरी तत्काल कटान रोकथाममा जुट्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सो निर्देशनलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोसीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुङ्गा भर्ने र बालुवा बोरामा भरेर कटान रोक्ने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । बहाव ठूलो भएकाले समस्या भइरहेको जनाइएको छ । यो क्षेत्रमा गत वर्ष पनि कोसी नदीले कटान गरेको थियो । रासस

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ३१ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने