रवि लामिछानले दर्ता गरेको पार्टीमा को को छन् केन्द्रीय सदस्य ? « Khabarhub

रवि लामिछानले दर्ता गरेको पार्टीमा को को छन् केन्द्रीय सदस्य ?


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रवि लामिछानेको पार्टी’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको जानकारी दिइएको हो ।

दल दर्तापछि रविले पार्टी दर्ता भएको र चुनाव चिह्न गोलाकारभित्रको घन्टी भएको जानकारी दिए ।

दल दर्ता भएसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन् ।

लामिछानेले पार्टीका सभापति छन् डा. मुकुल ढकाल प्रवक्ता रहेको समेत जानकारी दिए । बाँकी १९ जना सदस्य रहेको पनि उनले जानकारी दिए ।

सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ रहेको लामिछानेले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना