विश्वकपका लागि कतारले नेपाली कामदार ल्याउने « Khabarhub

विश्वकपका लागि कतारले नेपाली कामदार ल्याउने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – फिफा विश्वकप २०२२ का लागि कतारले नेपालबाट कामदार ल्याउने भएको छ ।

नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने कामदार नेपालबाट लैजान अनुमति दिने निर्णय गरिसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न इच्छुक रोजगारदाता कम्पनीहरूलाई दूतावासको श्रम शाखामा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो अवधिका लागि कतार जाने कामदारहरूलाई श्रम स्वीकृति प्रदान गरेरै पठाउने तयारी थालेको छ।

कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको जानकारी गराएपछि दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो।

आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : २२ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन