मनाङमा ५५ करोड ३३ लाख बजेट फ्रिज | Khabarhub Khabarhub

मनाङमा ५५ करोड ३३ लाख बजेट फ्रिज


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष ०७८/७९ मा कुल बजेटको ५५ करोड ३३ लाख अर्थात् २३ दशमलव ३५ प्रतिशत बजेट खर्च नभई फ्रिज भएको  छ । कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाका अनुसार ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ ।

मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कुल दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७.६५ प्रतिशत खर्च भएको हो । एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा मनाङमा संघीय कार्यालयतर्फ विनियोजित कुल बजेट ७३ करोड ४० लाख ४९ हजारमध्ये  ६६ करोड ८९ लाख ४२ हजार खर्च भएको छ । यो कुल बजेटको ९१ दशमलव १३ प्रतिशत हो । संघीयतर्फको कुल चालू बजेट ६४ करोड नौ लाख ४६ हजारमध्ये ५८ करोड ८४ लाख ६३ हजार खर्च भएको उनले बताए ।  

कुल चालू खर्चको ९१ दशमलव ८१ प्रतिशत हो । संघीय पुँजीगत बजेट ९३ करोड एक लाख दुई हजारमध्ये ८० करोड चार लाख ७८ हजार खर्च भएको छ । सो बजेटको ८६ दशमलव ४४ प्रतिशत खर्च हो । प्रदेश कार्यालयतर्फ विनियोजित कुल बजेट ६४ करोड दुई लाख ७१ हजारमा ४८ करोड ७७ लाख ८६ हजार मात्रै खर्च भएको छ । कुल बजेटको यो ७६ दशमलव १८ प्रतिशत खर्च हो । 

प्रदेशतर्फको कुल विनियोजित बजेटमध्ये चालुतर्फ २१ करोड ६८ लाख चार हजार बजेटमा १२ करोड १९ लाख ९१ हजार खर्च भएको छ । प्रदेशको पूँजीगततर्फ ४२ करोड ३४ लाख ६७ हजार बजेटमा ३६ करोड ५७ लाख ९४ हजार अर्थात् ८६ दशमलव ३८ प्रतिशत खर्च भएको जनाइएको छ । 

आर्थिक वर्ष ०७८/७९ मा मनाङका चार स्थानीय तहले कुल बजेट र एक अर्ब १० करोड १२ लाख ९६ हजारमध्ये ७६ करोड ५५ लाख १३ हजार खर्च गरेका छन् । यो कुल बजेटको ६९ दशमलव ५१ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । चार स्थानीय तहले चालुतर्फ ५८ करोड ५७ लाख बजेटमा ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पूँजीगततर्फ ५१ करोड ५५ लाख ९४ हजार बजेटमध्ये ३६ करोड ७२ लाख १३ हजार बजेट खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताए ।

भौगोलिक विकटताका साथै पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीमा भएको अधिक मूल्यवृद्धिले गर्दा विकास निर्माणकार्यमा साविकमा भएको सम्झौताअनुसारको काम निर्माण व्यवसायीले गर्न इच्छुक नसक्दा बजेट खर्च हुन नसकेको कोष नियन्त्रक सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ४० बजे

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)

दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै

दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले