नागरिक उड्डयन प्राधिकरणले १६ प्रतिशतले बढायाे आम्दानी « Khabarhub

नागरिक उड्डयन प्राधिकरणले १६ प्रतिशतले बढायाे आम्दानी


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष सात अर्ब ४४ करोड ७१ लाख आम्दानी गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले अघिल्लो वर्ष प्राधिकरणले विमानस्थल शुल्कवापतको ल्यान्डिङ पार्किङ, नेभिगेशन, भाडा आदिबाट आम्दानी गर्न सफल भएको  जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्ष छ अर्ब ६८ करोड २९ लाख आम्दानी प्रक्षेपण गरेकामा सात अर्ब ४४ करोड ७१ लाख आम्दानी भएको छ ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष जम्मा ४३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेकामा २१ अर्ब ३२ करोड एक लाख खर्च भएको जनाएको छ । यसमध्ये वित्तिय व्यवस्थापनमा सात अर्ब ५३ करोड ३८ लाख विनियोजन गरिएकोमा चार अर्ब ६९ करोड ७४ लाख खर्च भएको छ । कार्यालय सञ्चालनतर्फ चार अर्ब १० करोड ८१ लाख विनियोजन भएकोमा तीन अर्ब २६ करोड २७ लाख खर्च भएको छ । प्राधिकरणले समग्रमा गएको आवमा वित्तिय ४८.८१ प्रतिशत प्रगति गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको आव २०७९/८० को बजेट तथा कार्यक्रममा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरणको संस्थागत सुधार, उड्डयन तथा हवाइ सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास र गैरउडान आय वृद्धिलाई प्राथमिकता दिएको छ ।

प्राधिकरणले चालु आव २०७९/८० का लागि ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ । अघिल्लो आव ४३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन भएको थियो । पर्यटन पुनरुत्थानका लागि प्राधिकरणले चालु आवभित्र गरिने कामको सुरुवात गरिसकेको जनाएको छ । त्यसका लागि नीतिगत सुधार, पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र उच्चतम् प्रविधिको उपयोग गर्दै सेवालाई सुदृढीकरण बनाइनुका साथै आन्तरिक तथा अन्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन व्यवस्थापन तथा सौन्दर्यकरणलगायत कार्य गरिने प्राधिकरणको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ३० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका