मुगुमा खाद्यन्न अभाव, हप्ताको एक दिन मात्रै चामल वितरण हुने | Khabarhub Khabarhub

मुगुमा खाद्यन्न अभाव, हप्ताको एक दिन मात्रै चामल वितरण हुने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न वितरण गरिने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो ।

मुगुमा हिजो आइतबारबाट यस्तो व्यवस्था लागू गरिएको हो । हिजो मात्र एक सय भन्दा बढी क्वीन्टल चामल बिक्री वितरण भएको कार्यालयले जनाएको छ ।

नयाँ चामल ढुवानीको लागि ठेक्का प्रक्रिया सुरु भइ भोलि अन्तिम समय रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखका अनुसार दुर्गम हिमाली जिल्लाहरुमा खाद्यान्नको नीति अनुसार विपद्, आगलागी जस्ता घटनाहरु घटेमा आपतकालीन र तत्काल राहत उपलब्ध गराउनु पर्ने नीति अनुसार ८ सय ५० क्विन्टल चामल मौज्दातमा राखिएको छ। गरिब, विपन्नहरको समस्यालाई मध्येनजर गर्दे खाद्य व्वयवस्था तथा ब्यापार कम्पनीले हप्ताको एक दिन मात्र खाद्यान्न वितरण गर्न लागेको उनले बताए ।

खाद्यान्नमा चामल मौज्दात कम हुनु र एकबार मात्र खाद्यान्न खुलाइनुले मुगाली जनताहरु बजारको महँगो शुल्क तिरेर उपभोग गरेको जनाइएको छ । शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुँदा स्थानीयले बजारबाट महँगोमा खरिद गर्न बाध्य छन् ।

ुबजारमा आएको चामल प्रति प्याक १५ सयदेखि २ हजारसम्म बिक्री हुन्छ, किनेर खान सकिँदैनु सोमवार चामल चामल लिन आएका छायानाथ रारा नगरपालिका वडा नं १३ रुगाका एकल महिला सुकुमा लावडले बताइन् ।

उनले भनिन् ुआइतबार मात्र खाद्यान्नको कार्यालय खुल्छ भनेर थाहा नै थिएन, घरमा बिहान बेलुका खाने छैन, बजारमा किनेर खाउ भने धेरै पैसा तिर्नुपर्छ,ु लावडले भनिन् । सोमबार पुगेका कारण उनी चामल नलिइ रित्तै फर्किएकी थिइन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ३१ बजे

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री