मुगुमा खाद्यन्न अभाव, हप्ताको एक दिन मात्रै चामल वितरण हुने « Khabarhub

मुगुमा खाद्यन्न अभाव, हप्ताको एक दिन मात्रै चामल वितरण हुने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न वितरण गरिने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो ।

मुगुमा हिजो आइतबारबाट यस्तो व्यवस्था लागू गरिएको हो । हिजो मात्र एक सय भन्दा बढी क्वीन्टल चामल बिक्री वितरण भएको कार्यालयले जनाएको छ ।

नयाँ चामल ढुवानीको लागि ठेक्का प्रक्रिया सुरु भइ भोलि अन्तिम समय रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखका अनुसार दुर्गम हिमाली जिल्लाहरुमा खाद्यान्नको नीति अनुसार विपद्, आगलागी जस्ता घटनाहरु घटेमा आपतकालीन र तत्काल राहत उपलब्ध गराउनु पर्ने नीति अनुसार ८ सय ५० क्विन्टल चामल मौज्दातमा राखिएको छ। गरिब, विपन्नहरको समस्यालाई मध्येनजर गर्दे खाद्य व्वयवस्था तथा ब्यापार कम्पनीले हप्ताको एक दिन मात्र खाद्यान्न वितरण गर्न लागेको उनले बताए ।

खाद्यान्नमा चामल मौज्दात कम हुनु र एकबार मात्र खाद्यान्न खुलाइनुले मुगाली जनताहरु बजारको महँगो शुल्क तिरेर उपभोग गरेको जनाइएको छ । शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुँदा स्थानीयले बजारबाट महँगोमा खरिद गर्न बाध्य छन् ।

ुबजारमा आएको चामल प्रति प्याक १५ सयदेखि २ हजारसम्म बिक्री हुन्छ, किनेर खान सकिँदैनु सोमवार चामल चामल लिन आएका छायानाथ रारा नगरपालिका वडा नं १३ रुगाका एकल महिला सुकुमा लावडले बताइन् ।

उनले भनिन् ुआइतबार मात्र खाद्यान्नको कार्यालय खुल्छ भनेर थाहा नै थिएन, घरमा बिहान बेलुका खाने छैन, बजारमा किनेर खाउ भने धेरै पैसा तिर्नुपर्छ,ु लावडले भनिन् । सोमबार पुगेका कारण उनी चामल नलिइ रित्तै फर्किएकी थिइन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ३१ बजे

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव