साउदीको पूर्वी क्षेत्रमा दूतावासले थप्यो एक कर्मचारी  « Khabarhub

साउदीको पूर्वी क्षेत्रमा दूतावासले थप्यो एक कर्मचारी 



दोहा – साउदी अरबको रियादमा रहेको नेपाली दूतावासले त्यहाँको पूर्वी क्षेत्रमा कार्यरत रहेका नेपाली कामदारहरूको समस्या समाधानका लागि एक जना कर्मचारी थपेको छ।

साउदी अरबमा रहेका नेपाली कामदारको संख्यामध्ये पूर्वी क्षेत्र (दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासा) मा मात्रै झन्डै आधाजसो कार्यरत रहेको बताइन्छ।

पूर्वी क्षेत्रमा रहेको नेपाली कामदारहरूको समस्यालाई मध्यनजर गरेर दूतावासले विगत लामो समयदेखि एक जना कर्मचारी खटाउँदै आएको थियो। थप कर्मचारी व्यवस्था गर्नका लागि दूतावासले लामो समयदेखि गरेको प्रयासस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट कर्मचारीको व्यवस्था भएको छ।

दूतावासले एक सूचना जारी गर्दै आगामी १ कार्तिक २०७९ (१८ अक्टोबर २०२२) देखि साउदी अरबको पूर्वी क्षेत्रमा थप एक जना कर्मचारी खटाइने जनाएको छ।

कार्तिक १ गतेदेखि पूर्वी क्षेत्रमा दूतावासका २ जना कर्मचारीहरू रहनेछन् । त्यसपछि पूर्वी क्षेत्रमा नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा गरिएको छ । पूर्वी क्षेत्रमा खटिने नयाँ कर्मचारीको सम्पर्क विवरण पछि सार्वजनिक गरिने दूतावासले जनाएको छ ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न दलालमार्फत साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको छ। साउदी अरबमा विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : २९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल