भरुवा बन्दुकसहित एक जना लमजुङबाट नियन्त्रणमा « Khabarhub

भरुवा बन्दुकसहित एक जना लमजुङबाट नियन्त्रणमा


१६ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने वर्ष २७ का यमबहादुर राना मगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विशेष सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  १० : ५० बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका