पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलियो « Khabarhub

पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलियो


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर  पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ ।  यसले स्थानीयवासीको स्वास्थ्यलाई  समस्या समेत परेको जनाइएको छ ।  

पानी फोहर भएको जनाउँदै  माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो गरे । दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापरेको उनको भनाइ छ ।

सो गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई छ करोड २९ लाखमा पाँच वर्षका लागि ठेक्का दिएको छ । सो ठेक्काको अवधि आगामी वैशाख दोस्रो साता सकिने जनाइएको छ । पानी फोहर भएपछि सफा गर्नका लागि विषादी हालेको ठेकेदार मुखियाले बताए । 

जनकपुरलगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएकाले विषादी प्रयोग गरिएको उनले जानकारी दिए । गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा मदिरा खाएर बोतल जथाभावी फाल्दा माछा मार्ने गरेको  बाढी आएर माछा बगाउने गरेको र  कहिलेकाहीँ माछा नै चोरी हुने गरेकोजस्ता उनले दुःखेसो गरे ।

  दिनप्रतिदिन विषादीको गन्ध विस्तारै कम हुँदै गएको उनले बताए । बाउन्न बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल दिनप्रतिदिन अतिक्रमणको चपेटामा परेको छ भने प्राकृतिक ताल दिनप्रतिदिन मानवीय हस्तक्षेपको चपेटामा परिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १ : ५८ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका