डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग | Khabarhub Khabarhub

डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन्।  बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौँ उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरे।

बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै  तुलसीपुर – कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए। सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित छन् भनिन्। सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सकबाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गरे।

सांसद नारायणदत्त मिश्रले मल खादको अभाव हुन नदिन सरकारसँग आग्रह गरे। सांसद भुवनबहादुर सुनारले गाउँ–गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता प्रकट गरे।

सांसद मदनकुमारी शाहले कैलालीका पथैया, मोहना कान्द्र काँडा र कर्णाली नदीलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिन् ।  बैठकमा सांसद मोहम्मद खालिदले गत वर्ष सुक्खा मौसमका कारण पीडित किसानका लागि सरकारले घोषणा गरेको राहत सिराहाका किसानले अझै नपाएको गुनासो गरे। सांसद राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलालाई उचित प्रतिनिधित्व दिन दलहरूसँग आग्रह गरिन्।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : १२ बजे

संसद भवनको निर्माणकार्य ढिलाईमा उपप्रधानमन्त्री सिंहको चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३

सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ?

काठमाडौं– विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन भन्दै युवाहरूले नेपाल

सौर्य एयर दुर्घटना प्रतिवेदनप्रति पीडितको आक्रोश– ‘चार वर्षको बच्चा वयस्क बनाउनेलाई किन उन्मुक्ति ?’

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनामा छोरी, ज्वाई र चार वर्षका नाति

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासको आलोचना

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत