विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गरिने « Khabarhub

विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गरिने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले विपद्मा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्मा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो ।

हवाई उद्धार सेवा सञ्चालनका लागि मन्त्रालयले आज सूचना प्रकाशन गरी सो सम्बन्धी कार्यविधि, २०७९ को दफा ४ बमोजिम सात दिनभित्र मन्त्रालयमा सुचीकृत हुन सेवा प्रदायक संस्थालाई आह्वान गरिएको मन्त्रालयका सूचना अधिकारी बाबुराम पन्थीले जानकारी दिए ।

प्रदेशभित्र विपद्मा परी ज्यान जोखिममा परेका व्यक्तिलाई हवाई उद्धार गरी सुरक्षित स्थानमा अवतरण गराउने, घाइते व्यक्तिलाई उपचारको आवश्यकता परेमा अस्पतालमा पुर्‍याउने र अन्य माध्यमबाट सम्भव नभएमा राहत वितरण गर्न, भिषण आगलागीजन्य विपद्को अवस्थामा आगलागी नियन्त्रण गरी नागरिकको जीउ ज्यानको रक्षाका लागि हवाई सेवा प्रयोग गर्ने कार्यविधि बनेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ५ : ४१ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना