गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पोर्चुगिज स्वास्थ्यमन्त्रीद्वारा पदबाट राजीनामा « Khabarhub

गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पोर्चुगिज स्वास्थ्यमन्त्रीद्वारा पदबाट राजीनामा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गरेको र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अर्को अस्पताल सार्ने निर्णय गरिएको भन्दै व्यापक आलोचना भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी छन् ।

पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले राजीनामा दिएको जनाएको छ । घटनापछि पदमा रहिरहनुपर्ने कुनै कारण बाँकी नरहेको भन्दै उनले राजीनामा दिएको जनाइएको छ ।

राजधानी लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

पोर्चुगिज राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित एक नोटमा राष्ट्रपतिले स्वास्थ्य मन्त्रीको राजीनमा स्वीकृत गरिएको उल्लेख छ।

डे सान्ता मारिया अस्पतालको नवजात शिशु वार्डमा बेड खाली नभएका कारण एक गर्भवती भारतीय महिलालाई साओ फ्रान्सिस्को जेभियर अस्पतालमा सारिएको थियो ।

अस्पताल सार्ने क्रममा हृदयाघात भई उनको शनिबार मृत्यु भएको थियो । यही कारण जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ०६ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले