गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पोर्चुगिज स्वास्थ्यमन्त्रीद्वारा पदबाट राजीनामा « Khabarhub

गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पोर्चुगिज स्वास्थ्यमन्त्रीद्वारा पदबाट राजीनामा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गरेको र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अर्को अस्पताल सार्ने निर्णय गरिएको भन्दै व्यापक आलोचना भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी छन् ।

पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले राजीनामा दिएको जनाएको छ । घटनापछि पदमा रहिरहनुपर्ने कुनै कारण बाँकी नरहेको भन्दै उनले राजीनामा दिएको जनाइएको छ ।

राजधानी लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

पोर्चुगिज राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित एक नोटमा राष्ट्रपतिले स्वास्थ्य मन्त्रीको राजीनमा स्वीकृत गरिएको उल्लेख छ।

डे सान्ता मारिया अस्पतालको नवजात शिशु वार्डमा बेड खाली नभएका कारण एक गर्भवती भारतीय महिलालाई साओ फ्रान्सिस्को जेभियर अस्पतालमा सारिएको थियो ।

अस्पताल सार्ने क्रममा हृदयाघात भई उनको शनिबार मृत्यु भएको थियो । यही कारण जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ०६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र