पाकिस्तानमा ३० लाखभन्दा धेरै बाढीपीडित बालबालिकालाई मानवीय सहायताको खाँचो | Khabarhub Khabarhub

पाकिस्तानमा ३० लाखभन्दा धेरै बाढीपीडित बालबालिकालाई मानवीय सहायताको खाँचो


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिका मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहरूको अत्यावश्यक आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग काम गरिरहेको जनाएको छ ।

तीन करोड मानिसहरूमध्ये लगभग एक करोड ६० लाख बालबालिकाहरू यस वर्षको बाढीबाट प्रत्यक्ष परोक्षरूपमा प्रभावित भएको बताइएको छ ।

बाढीमा ३५० भन्दा बढी बालबालिकासहित ११ सयभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् भने १,६०० भन्दा बढी घाइते भएका छन् । त्यसैगरी २ लाख ८७ हजार घरहरू पूर्णरूपमा र ६ लाख ६२ हजार घरहरू आंशिकरूपमा ध्वस्त भएका छन् ।

बाढीका कारण ठूला नदीहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् र किनारा भत्काएका छन् । बाढीले घर, खेत , सडक, पुल, विद्यालय, अस्पताल र सार्वजनिक स्वास्थ्य सुविधाहरू लगायतका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका छन् ।

युनिसेफका पाकिस्तान प्रतिनिधि अब्दुल्लाह फदिलले प्राकृतिक प्रकोपमा बालबालिकाहरू सधैँ सबैभन्दा धेरै जोखिममा पर्ने बताउँदै बाढीले बालबालिका र परिवारहरूमा जटिलता निम्त्याएको र स्थिति अझ खराब हुन सक्ने बताएका छन ।

उनले युनिसेफले बिभिन्न सरकारी र गैरसरकारी संस्थासँग मिलेर काम गरे पनि बालबालिकाको आधारभूत आवश्यकतालाई यथाशीघ्र सम्बोधन गर्न अझ थप पहल आवश्यक पर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ३५ बजे

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७

पोखरामा डुबेर दुई जनाको मृत्यु

कास्की– पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा डुबेर सोही

कतार एयरवेजको विमानमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको

ओलीसँग वामदेवको आग्रह : आत्मआलोचना गर्न तयार छु, एमालेमा बोलाएर जिम्मेवारी दिनुस्

काठमाडौं- ‘नेकपा राष्ट्रिय एकता अभियान’का संयोजक वामदेव गौतमले आफू आत्मआलोचनासहित

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

अम्मान– जोर्डन सशस्त्र सेना-अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न