पाकिस्तानमा ३० लाखभन्दा धेरै बाढीपीडित बालबालिकालाई मानवीय सहायताको खाँचो « Khabarhub

पाकिस्तानमा ३० लाखभन्दा धेरै बाढीपीडित बालबालिकालाई मानवीय सहायताको खाँचो


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिका मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहरूको अत्यावश्यक आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग काम गरिरहेको जनाएको छ ।

तीन करोड मानिसहरूमध्ये लगभग एक करोड ६० लाख बालबालिकाहरू यस वर्षको बाढीबाट प्रत्यक्ष परोक्षरूपमा प्रभावित भएको बताइएको छ ।

बाढीमा ३५० भन्दा बढी बालबालिकासहित ११ सयभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् भने १,६०० भन्दा बढी घाइते भएका छन् । त्यसैगरी २ लाख ८७ हजार घरहरू पूर्णरूपमा र ६ लाख ६२ हजार घरहरू आंशिकरूपमा ध्वस्त भएका छन् ।

बाढीका कारण ठूला नदीहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् र किनारा भत्काएका छन् । बाढीले घर, खेत , सडक, पुल, विद्यालय, अस्पताल र सार्वजनिक स्वास्थ्य सुविधाहरू लगायतका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका छन् ।

युनिसेफका पाकिस्तान प्रतिनिधि अब्दुल्लाह फदिलले प्राकृतिक प्रकोपमा बालबालिकाहरू सधैँ सबैभन्दा धेरै जोखिममा पर्ने बताउँदै बाढीले बालबालिका र परिवारहरूमा जटिलता निम्त्याएको र स्थिति अझ खराब हुन सक्ने बताएका छन ।

उनले युनिसेफले बिभिन्न सरकारी र गैरसरकारी संस्थासँग मिलेर काम गरे पनि बालबालिकाको आधारभूत आवश्यकतालाई यथाशीघ्र सम्बोधन गर्न अझ थप पहल आवश्यक पर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ३५ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद