पाकिस्तानमा पोलियो खोप अभियानको सुरक्षामा खटिएका दुई प्रहरीको हत्या « Khabarhub

पाकिस्तानमा पोलियो खोप अभियानको सुरक्षामा खटिएका दुई प्रहरीको हत्या


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा पोलियोविरुद्धको खोप अभियानको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीको गोली हानी हत्या गरिएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको तानक जिल्लामा खटिएका ती सुरक्षाकर्मीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गरेको द न्यूज इन्टरनेशनलले जनाएको छ ।

‘सानो नहरमा लुकेर बसेका दुई बन्दुकधारीले नजिकैबाट प्रहरीमाथि गोली चलाएका थिए ।’ वरिष्ठ सुरक्षा अधिकारी वकार अहमद खानले जनाएका छन् ।

त्यसपछि उनीहरु मोटरसाइकल चढेर फरार भएका थिए ।

विश्वमा हाल पाकिस्तान र पाकिस्तानको उत्तरी छिमेकी अफगानिस्तानमा मात्रै प्रकोपको रुपमा रहेको बताइन्छ ।

ती मुलुकमा सक्रिय इस्लामिक अतिवादीहरुले पोलियोविरुद्धको खोपले प्रजनन् क्षमता घटाउने एवम् यस्तो खोप इस्लामविपरीत रहेको भन्दै विरोध गर्दै आएका छन् ।

बेलाबेला त्यहाँ खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमणका घटना सार्वजनिक हुने गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १ : ०८ बजे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी