वयस्क साइटमा तस्बिर पोस्ट गर्ने म्यानमारकी मोडललाई ६ वर्ष जेल « Khabarhub

वयस्क साइटमा तस्बिर पोस्ट गर्ने म्यानमारकी मोडललाई ६ वर्ष जेल


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

यांगुन – म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्सलगायत अन्य प्लेटफर्ममा तस्बिर पोस्ट गरेको अभियोगमा एक युवतीलाई ६ वर्षको जेल सजाय सुनाएको छ।

एक मोडल र पूर्वडाक्टर नाङ म्वे सानलाई दुई साताअघि ‘संस्कृति र मर्यादालाई हानी पुर्याउने’ अभियोग लगाइएको सैन्य अधिकारीले बताए।

यसअघि सन् २०२१ मा कुद्वारा सत्ता कब्जा गर्ने सेनाविरुद्धको विरोध प्रदर्शनमा पनि उनले भाग लिएकी थिइन्। उनी अन्लीफ्यान्स सामग्रीका कारण जेलमा पर्ने म्यानमारमा पहिलो व्यक्ति हुन्।

नाङ म्वे सानलाई देशको इलेक्ट्रोनिक्स कारोबार कानूनको धारा ३३ (ए) अन्तर्गत नग्न तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शुल्क लिएर वितरण गरेकोमा दोषी ठहर गरिएको थियो। यस कानुनअन्तर्गत दोषि ठहर भएमा अधिकतम सात वर्षको सजाय हुन्छ।

सामाजिक सञ्जालमा विरोध प्रदर्शनमा सहभागी भएको तस्बिर पोष्ट गर्ने अर्की मोडललाई पनि यही कानूनअन्तर्गत अगस्टमा पक्राउ गरिएको थियो। थिन्जर विन्ट क्वामाथि अक्टोबरमा कानुनी सोधपुछ हुँदै छ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ०८ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट