ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधन कारवाहीमा « Khabarhub

ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधन कारवाहीमा


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरूको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थापना गरिएको छ । विगतमा देखिएका समस्यालाई मध्यनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेका हौ, उनले भने, यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध  समस्या सावधान हुने बिस्वाश लिएका छौ ।

ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरूलाई आग्रह गरे । सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा व्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन्  । प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई  निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छड्के चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।

प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक व्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन । ६ महिनाको अवधीमा नै उनले गौशाला नगरपालिकासँग समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन्  ।

जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूलाई अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १२ : ३५ बजे

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको