'घर जाँदै छु' बोलको गीतको भिडियो सार्वजनिक  | Khabarhub Khabarhub

‘घर जाँदै छु’ बोलको गीतको भिडियो सार्वजनिक 


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।  सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् । 

अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ति गरी आफ्नो गाउँ फर्किंदासम्मको कथालाई युवा निर्देशक आचार्य गोपालले कलात्मक शैलीमा तयार पारेका छन् । आफ्ना सङ्घर्षका दिनमा एउटा बेरोजगार युवाले भोग्ने परिस्थितिलाई  घर जाँदै छुमा कलात्मक शैलीमा देखाइएको छ । 

गाउँबाट शहरमा गएर गीत संगीत र कलालाई माया गर्ने युवकले झेल्ने अनेकन परिस्थितिमा मोडल मिन भण्डारीले कमालको अभिनय गरेका छन् । अमेरिकामा अभिनयको अध्ययन गरिरहेका मिनका अलावा, सहारा कोइराला , बिनोद कुमार पौडेलको पनि भिडियोमा  अभिनय देख्न  सकिन्छ । 

जसको परिकल्पना पनि आचार्य गोपालले नै गरेका हुन् भने भिडियोमा हिमाल शर्माको छायांकन,  चानस पुन मगरको सम्पादन रहेको छ ।  चित्रकला थापाको निर्माण रहेको भिडियोको सहनिर्देशन किरण बिकले गरेका हुन् । भिडियो दृश्य सिनेमाको निर्माणमा जुजु कृयसनफ्लिकर आर्टसको सहकार्यमा तयार भएको हो । 

https://www.youtube.com/watch?v=aN_p_EKeJsU

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १ : ४५ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।