महानगरद्वारा १३५ संरचना भत्काइयो  | Khabarhub Khabarhub

महानगरद्वारा १३५ संरचना भत्काइयो 


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अवैध ढङ्गबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको सङ्ख्या बढी भएको जनाएको छ । कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नगरिएको र सार्वजनिक जग्गा मिचेर  बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन  सुरु गरेको हो । कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने, ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनैरूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको सङ्ख्या बढी पाइएको छ ।’ 

सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला  परेको बताइएको  छ । गत साउन १ गते जारी गरिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि कामपाले डोजर प्रयोग भत्काउने काम सुरु गरेको हो । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने भएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत हालसम्म सबैभन्दा बढी बानेश्वर र नयाँ बसपार्क क्षेत्रका बढी त्यस्ता संरचना भत्काइएको छ ।

डेढ महिनामै १३५ संरचना भत्काइयो 

कामपाका अनुसार यस अवधिमा ५६ स्थानका एक सय ३५ संरचना भत्काएको बताइएको छ । जसमा सबैभन्दा बढी बानेश्वर क्षेत्रको हो ।   यही भदौ ६ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ । 

नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सबै संरचना अवैध ठहर गर्दै कामपाले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

बेसमेन्ट तथा जमिन तलालाई पार्किङका रुपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्गमा दुई वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् ।  वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

वडा २६ स्थित सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन् । वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ । वडा नं २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको अरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ ।

वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ  वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञानमूलक सामग्री हटाइएको छ ।त्यस्तै वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशाल बजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमाशङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना संरचना हटाइएको छ ।

दसैँमा पनि रोकिँदैन भत्काउने काम 

नेपालीहरूको महान पर्व वडा दसैँ सुरु भइसकेको छ । कामपाले यस समयमा पनि  अवैध संरचना हटाउने काम जारी राख्ने जनाएको छ । कामपाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम नरोकिने भन्दै यसलाई दसैँको समयमा पनि निरन्तरता दिने कामपा नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । 

कानुनीरूपमै अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको छ निरीक्षक भण्डारीले भने । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास  लिइएको छ । हाल बेसमेन्टअन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ । 

काठमाडौँ महानगरपालिकाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् । कामपाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएको संरचना भत्काउन थालेको हो । कामपाले सुरु गरेलगत्तै कीर्तिपुर नगरपालिकाले पनि गत भदौ ९ गतेदेखि नक्साविपरीत निर्माण भएका संरचना भत्काउन थालिसकेको छ । सात दिनको सूचना सार्वजनिक गर्दा पनि नागरिकले आनाकानी गरेपछि अवैधरूपमा निर्माण भएका संरचना भत्काउन थालिएको कीर्तिपुर नगरपालिकाको उपप्रमुख एवं प्रवक्ता शुभलक्ष्मी शाक्यले जानकारी दिए । भक्तपुरको थिमी नगरपालिकाले पनि अवैध संरचना हटाउने काम सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकामा मात्रै होइन उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई विस्तारै अनुशरण गर्न थालेका छन् ।  

-शर्मिला पाठक रासस

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  २ : ०२ बजे

ओखलढुङ्गा सिद्धिचरणका १९ विपन्न परिवारलाई जस्तापाता सहयोग

ओखलढुङ्गा– ओखलको सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई  खरको छानोमुक्त नगरपालिका बनाउने

काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण

काठमाडौं– शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न

रविको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

भोजपुर– भोजपुरको टेम्केमैयुङ– ६ को प्रयासमा २५ लाखको लागतमा कोटमा

एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित 

धनुषा– नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्