उपराष्ट्रपतिद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना « Khabarhub

उपराष्ट्रपतिद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले त्यहाँ उपचाररत् शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएको र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, जोशीलाई राष्ट्रपिताका रुपमा सम्बोधन गर्दै उपराष्ट्रपतिले भने, । ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’ शताब्दी पुरुष जोशी डेङ्गु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ४ : १० बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट