गाउँपालिकाद्वारा विपन्न परिवारलाई दशैँ खर्च सहयोग « Khabarhub

गाउँपालिकाद्वारा विपन्न परिवारलाई दशैँ खर्च सहयोग


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको दोर्दी गाउँपालिका-९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाद्वारा बडादशैँ मनाउनका लागि राहत वितरण गरेको छ । दशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालकीभित्र रहेको तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  

पालिकाले प्रति सदस्य जनही एक/एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाई आठ  हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमाया चेपाङलाई भने एक हजार थपसहित चार हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

 रकम हस्तान्तरण गर्दे गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सीमान्तकृत चेपाङ समुदाय आर्थिक अवस्था कमजोर भएकाले दशैँ मनाउन समस्या भएको र केही सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताए । 

दशैँ शुरु भएको चार दिन हुँदा समेत दशैँ कसरी मनाउने अन्योलमा परेका आफूहरूले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने जुनुमायाँ चेपाङले बताइन ।  आम्दानीको श्रोत बलियो नभएको कारण चाडपर्व मनाउन मुस्किल हुँदै आएको बेलामा पालिकाले सहयोग गर्दा स्थानीय सरकार रहेको अनुभूति भएको कान्छिमाया चेपाङको भनाई छ ।

 वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई केही वर्षअघि गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि आर्थिक अभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुस्किनले जीवन निर्वाह गर्दै आइरहेका छन् । 

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ५ : ५३ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४