देशलाई सुरुङयुगमा प्रवेश गराउने एमाले नै हो : ज्ञवाली « Khabarhub

देशलाई सुरुङयुगमा प्रवेश गराउने एमाले नै हो : ज्ञवाली


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देशलाई सुरुङयुगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताएका छन् । काठमाडौंंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उनले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताए ।

गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै भने, ‘देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हाे ।’

ज्ञवालीले तराईमा सशस्त्र संघर्ष गरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको दावी गरे । ुतराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौंं, यो एमाले  नेतृत्वको सरकार हुँदा सम्भव भएको हो,’ उनले भने  ।

मधेश केन्द्रित दलहरूले संविधान जलाइरहेको र सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै गरेको स्मरण गर्दै ज्ञवालीले भने, ‘विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।’ उनले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी गर्दै शान्ति, स्थिरता र विकासका लागि एमालेको जित मुलुकले खोजिरहेको बताए । 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएका छौं, साना तीना धक्काले देश झुक्दैन भन्ने प्रमाणित गरेका छौं’, उनले भने । 

देशको भूभागमाथि आफ्नो वैधानिक दाबीमात्र प्रस्तुत नगरी औपचारिक रुपमा वार्ताको थालनी समेत गरेको अवस्थामा विभिन्न षड्यन्त्रपूर्वक सरकार ढालिएको उनको भनाई छ । नेकपाको नेतृत्वमा साढे तीन वर्ष सरकार चलेको बताउँदै उनले त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे । उनले नेकपा नेतृत्वको तीन वर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको दावी गरे । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा केन्द्रित छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ५४ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी