‘ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ’ « Khabarhub

‘ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ’


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलको गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाएका छन् । थापाले यो सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताएका छन् । 

उनले भने, ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ कार्यक्रममा उनले रुपन्देहीमा सञ्चालित पाँच वटा स्टील उद्योग बन्द भएको पनि बताए ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो रु भन्दै उनले कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने गरेको तर गठबन्धनका नेता डा. बाबुराम भट्टराई अबको प्रधानमन्त्री प्रचण्ड भन्ने गरेको बताए । उनले भने, ‘सत्तारूढ गठबन्धनमा स्पष्टता छैन । तर यता तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भइसकेको छ ।’ उनले ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउने बताए । 

उनले दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने पनि बताए । उनीले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले थप गति लिने दाबी गरे । बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जित सुनिश्चित भएको दावी गरे । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : २१ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी