सेयर बजारमा ५६.११ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५६.११ अंकको वृद्धि


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार मंगलबार पनि उकालो लागेको छ । सोमबार १६.३९ अंकले बढेको सेयर बजार मंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएको हो । मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ । 

क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै,  १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी  स्थिर रहेको छ ।

कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।

साथै, जीवन बिमा १७३.३८,  होटल तथा पर्यटन ५४.७६,  बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ ।  न्यादी हाइड्रो पावरको सेयर मूल्य २६.२०यूनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ ।

 एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढिको कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ०६ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि