सेयर बजारमा ५६.११ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५६.११ अंकको वृद्धि


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार मंगलबार पनि उकालो लागेको छ । सोमबार १६.३९ अंकले बढेको सेयर बजार मंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएको हो । मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ । 

क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै,  १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी  स्थिर रहेको छ ।

कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।

साथै, जीवन बिमा १७३.३८,  होटल तथा पर्यटन ५४.७६,  बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ ।  न्यादी हाइड्रो पावरको सेयर मूल्य २६.२० र यूनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ ।

 एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढिको कारोबार भएको छ भने नबिल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : ०६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले