गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह « Khabarhub

गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरी सदरमुकाम इनरुवा-४ मा आज लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मङ्सिर ४ गतेपछि लोकतान्त्रिक वाम गठबन्धनको सरकार निर्माण हुने बताए । 

‘सडकमा हिँडेर, घरमा सुतेर, नेतालाई फोन गरेर भोट आउँदैन’, उनले भने, ‘जनताका घरघरमा गएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्नुस् ।’ उनले अहिले मुलुकमा गठबन्धनको आवश्यकता रहेको र निर्वाचनपछि पनि गठबन्धनकै बहुमतको सरकार निर्माण हुने बताए।

 विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन भएकाले झन्डै दुई तिहाइ सिट ल्याए जस्तै मङ्सिर ४ गते हुने निर्वाचनबाट सत्तारूढ गठबन्धनले दुई तिहाइ सिट ल्याउने मन्त्री कार्कीले दाबी गरे ।

मन्त्री कार्कीले पाँच वर्षको अवधिमा आफूले गरेका कामका विषयमा जनतासामु प्रचारप्रसार गर्न कार्यकर्तालाई आग्रह पनि गरे । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नं ४ का उम्मेदवार मन्त्री कार्कीले २०७४ सालको निर्वाचनका बेला जनतासामु आफूले गरेका प्रतिबद्धतामा ८० प्रतिशत पूरा भएका पनि स्पष्ट पारे । 

गठबन्धनको सरकार निर्माण भएपछि मात्र प्रजातन्त्र र संविधानको रक्षा हुने उहाँको दाबी थियो । उहाँले गठबन्धनको सरकारबाट मुलुक स्थिरता र समृद्धिको बाटोमा अगाडि बढ्ने दाबी पनि गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : २६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले