बम विष्फोटको घटनाको आयोगद्वारा अनुगमन सुरू « Khabarhub

बम विष्फोटको घटनाको आयोगद्वारा अनुगमन सुरू


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन सुरु गरेको छ ।

कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएकोे थियो भने तीन जना बालबालिका घाइते भएका थिए । घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत सुरु गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले यस्ता प्रकारका घटना विगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन मागसमेत गरेको छ ।

आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : १६ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि