महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एसले मित्रवत प्रतिस्पर्धा गर्ने « Khabarhub

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एसले मित्रवत प्रतिस्पर्धा गर्ने


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी गठबन्धनले क्षेत्र नम्बर १ (क) मा लोसपाका पिताम्बर महतोलाई साझा उम्मेदवार बनाएता पनि नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशनमा सुरेश राउतले गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका हुन् ।

गठबन्धनभित्रैबाट प्रदेशसभा (क) मा २ जना प्रतिस्पर्धी बन्ने भएका छन् । गठबन्धनभित्रका दल नेकपा एस र लोसपाको फरक(फरक उम्मेदवारको मनोनयन दर्ता भएपछी गठबन्धनले केहीदिन अगाडी लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो ।

चुनावी प्रचारप्रसारमा निक्कै अगाडी बढीसकेको र मतदाताहरुमा अन्यौल सिर्जना नहोस भन्ने उदेश्यले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार सुरेश राउतले जानकारी दिए ।

प्रतिनिधिसभाका साझा उम्मेदवार गिरिराजमणी पोखरेललाई नै भोट मागिरहेको र प्रदेशमा भने आफ्नै लागि भोट मागेको उनको भनाइ छ ।

राउतको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार पिताम्बर महतोलाई चुनौती थपिएको छ । गठबन्धनभित्रैको दलले छुट्टै उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेपछि महतोलाई चुनौति थपिएको नेता बताउँछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ३३ बजे

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई