चितवनबाट १६ जुवाडे पक्राउ « Khabarhub

चितवनबाट १६ जुवाडे पक्राउ


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो भरतपुर(११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख २८ हजारसहित १६ थान कौडाको साथमा जुवाडे पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएकामध्ये भरतपुर ११ की मीनाकुमारी दर्लामी, तीर्थकुमारी गुरुङ, सबु गुरुङसहित १३ पुरुषहरू छन् । सोही ठाउँका सरोज गुरुङ, डम्बरजङ गुरुङ, सरोज न्यौपाने, राजेन्द्र सिंखडा, शिव कुमाल, कुमारसिंह तामाङ, प्रवीण भटराई, जितेन्द्र कुमाल, कृष्णबहादुर तामाङ, बलबहादुर कुमाल र रेशमबहादुर लामालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

सोही ठाउँ बस्दै आएका तनँहुका शिवराज घिमिरे र लमजुङका दिलबहादुर गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले