चितवनबाट १६ जुवाडे पक्राउ « Khabarhub

चितवनबाट १६ जुवाडे पक्राउ


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको भरतपुरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो भरतपुर(११ लामाटोलकी मैती लामाको घरमा कौडा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद १ लाख २८ हजारसहित १६ थान कौडाको साथमा जुवाडे पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएकामध्ये भरतपुर ११ की मीनाकुमारी दर्लामी, तीर्थकुमारी गुरुङ, सबु गुरुङसहित १३ पुरुषहरू छन् । सोही ठाउँका सरोज गुरुङ, डम्बरजङ गुरुङ, सरोज न्यौपाने, राजेन्द्र सिंखडा, शिव कुमाल, कुमारसिंह तामाङ, प्रवीण भटराई, जितेन्द्र कुमाल, कृष्णबहादुर तामाङ, बलबहादुर कुमाल र रेशमबहादुर लामालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

सोही ठाउँ बस्दै आएका तनँहुका शिवराज घिमिरे र लमजुङका दिलबहादुर गुरुङ पनि प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ४० बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि