पक्राउ परे दुर्घटनापछि फरार कारका चालक « Khabarhub

पक्राउ परे दुर्घटनापछि फरार कारका चालक


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन् । दुर्घटना पश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो । सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए । प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि रु २५ हजारको पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो । सोमबार साँझ नै प्रहरीले बा८च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा तिरपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए ।

फिक्का निलो रङको टाटा भिष्ट कारको टुक्रा घटनास्थलमा भेटिएको थियो । सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ५६ बजे

सभामुखले सारे आजको प्रतिनिधिसभा बैठक : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित