पक्राउ परे दुर्घटनापछि फरार कारका चालक | Khabarhub Khabarhub

पक्राउ परे दुर्घटनापछि फरार कारका चालक


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन् । दुर्घटना पश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो । सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए । प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि रु २५ हजारको पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो । सोमबार साँझ नै प्रहरीले बा८च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा तिरपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए ।

फिक्का निलो रङको टाटा भिष्ट कारको टुक्रा घटनास्थलमा भेटिएको थियो । सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ५६ बजे

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

बागलुङ– यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित

बैतडीमा डेङ्गीको जोखिम बढ्दो, सात जनामा सङ्क्रमण पुष्टि

बैतडी– बैतडीमा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै

बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा

काठमाडौं – बलिउडको इतिहासमा असंख्य हल्ला र गोप्य प्रेमकथा सुनिन्छन्।

शिक्षासहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक